बिएल संवाददाता
मकवानपुरबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध अफिमसहित १ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ संगमचोकबाट ५ किलो ७ सय ग्राम अवैध लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ का रत्न भुलन रहेका छन्।
ब्यूरोको केन्दीय कार्यालय कोटेश्वरबाट डीएसपी योगेन्द्र कुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले भुलनलाई नियन्त्रणमा लिएको हो।
विशेष सुचनाको आधारमा टोलीले उनलाई नियन्त्रणमा लिएर चेकजाँच थालेको थियो।
लामो समयदेखि अवैध लागुऔषध अफिमको कारोबार गर्दै आएको सुचनापछि ब्यूरोले भुलनलाई निगरानीमा राखेको थियो।
अफिमसहित पक्राउ परेका भुलनलाई ब्यूरोको टोलीले थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मा लगाएको ब्यूरोका प्रवक्ता एसपी जिवन श्रेष्ठले बताए।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया