हेटाैँडामा ब्यूरोको 'अप्रेशन': पाँच किलो अफिमसहित एक पक्राउ

Breaknlinks
Breaknlinks

मकवानपुरबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध अफिमसहित १ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ संगमचोकबाट ५ किलो ७ सय ग्राम अवैध लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ का रत्न भुलन रहेका छन्। 

ब्यूरोको केन्दीय कार्यालय कोटेश्वरबाट डीएसपी योगेन्द्र कुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले भुलनलाई नियन्त्रणमा लिएको हो।

विशेष सुचनाको आधारमा टोलीले उनलाई नियन्त्रणमा लिएर चेकजाँच थालेको थियो। 

लामो समयदेखि अवैध लागुऔषध अफिमको कारोबार गर्दै आएको सुचनापछि ब्यूरोले भुलनलाई निगरानीमा राखेको थियो। 

अफिमसहित पक्राउ परेका भुलनलाई ब्यूरोको टोलीले थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मा लगाएको ब्यूरोका प्रवक्ता एसपी जिवन श्रेष्ठले बताए। 

प्रकाशित मिति: : 2021-07-19 20:18:00

प्रतिकृया दिनुहोस्