साइबर अपराध : सोझासाझा सजिलै ठगिँदै, युवा वर्गको संलग्‍नता बढ्दै

थाहा खबर

सञ्जिता आचार्य

नुवाकोट घर भएकी ३२ वर्षीया (अनिता) नाम परिवर्तनलाई गत बैशाखमा नयाँ नम्बरबाट म्यासेज आयो। चिनजानको मान्छे हो कि भन्ने अनुमानले अनिताले कुराकानी गर्न थालिन्।

 

 

केही दिनसम्म सामान्य कुराकानी भयो। उनीहरू क्रमश: नजिक हुँदै गए। पारिवारिक अवस्था र आफ्नो पेसालगायत विषयमा निरन्तर कुराकानी हुन थाल्यो।

केही दिनमा उताबाट फोन आयो। फोन उठाएलगत्तै ‘बधाई छ, तपाईंलाई चिट्ठा परेको छ,’ आवाज सुनिन्‌।

कुरा गर्दागर्दै नजिक भएका थिए। आफ्नौ साथीले भनेको कुरा कसरी नपत्याउने? चिट्ठा त पर्‍यो, तर के को कसरी चिट्ठा पर्‍यो केही थाहा थिएन। उनले सोधिन् , ‘कति पर्‍यो? के के छ चिट्ठा? तर, अनिताले यो सोधिनन् कि केही प्रकृया पूरा नगरी चिट्ठा कसरी पर्‍यो।

फोनमा एक पुरुषले २ तोलाको सिक्री, ल्यापटप र मोबाइल लगायत सामान परेको भने। अनितालाई समानको फोटो र नेपालको कुन ठाउँमा पठाउने ठेगाना समेत खुलाएर बाकसको फोटो पठाइयो। 

यो सामान पाउन के प्रकृया पूरा गर्नुपर्छ भन्ने उनलाई थाहा थिएन। ती पुरुषले भने बमोजिम बैंक खाता नम्बर र नागरिकता लगायत आवश्यक कागजात पठाइन्।

आफ्नो साथीले यतिसम्म गरेपछि नपत्याउने कुरै भएन। उनलाई यताबाट सामान पठाइएको छ भन्दै म्यासेज आयो। 'तपाईंको समान आएको छ' भन्दै फेरि अर्को नम्बरबाट फोन आयो।

प्रकाशित मिति: : 2021-07-19 07:33:00

प्रतिकृया दिनुहोस्