किन आवश्यक पर्छ श्वेतपत्र, कस्तोबेला जारी गरिन्छ ?

शिलापत्र

काठमाडाैं

अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका जनार्दन शर्माले पदभार गरेको एक दिनपछि अर्थ मन्त्रालयमा पत्रकार बोलाएर भने - ‘श्वेतपत्र जारी गर्छु ।'

केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री तथा अर्थमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले पनि श्वेतपत्र जारी गरे ।

श्वेतपत्र किन जारी गर्ने र कस्तो अवस्थामा जारी गर्ने विज्ञहरूका आ-आफ्ना बुझाइ छन् । तर, राजनीतिक रूपमा भने श्वेतपत्र काम देखाउने आधार बनाउन खोजिएको छ ।

विज्ञ भनिएका तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि श्वेतपत्रको चर्चा गरे । उनको मक्सत बजेट अनुशासन कायम नभएको, व्यापार घाटा बढेको, आर्थिक वृद्धिदर कम्युनिस्ट घोषणापत्रले राखेको लक्ष्यभन्दा यथार्थ फरक छ भन्ने देखाउनुथियो ।

उनले अर्थतन्त्रको यथार्थ विवरण देखाउन श्वेतपत्र जारी गरे दाबी गरेक थिए । लामो समय सरकारको प्रमुख आर्थिक सल्लाहकारका रूपमा रहने नेपाल राष्ट्र बैंकका साथै योजना आयोगलगायतका संयन्त्रमा बसेर काम गरेका उनले श्वेतपत्रको महत्त्व खुलाउन सकेनन् । उनले जारी गरेको श्वेतपत्रले न लुके‍को कुरा देखायो न सुधारको मार्गचित्र नै  कोर्न सक्यो ।

यता, पदबहाली गरेको दोस्रो दिन अर्थमन्त्री शर्माले अर्थतन्त्रको विषयमा श्वेतपत्र जारी गर्ने जानकारी गराउँदै भने, ‘अहिलेसम्मको यथार्थ अवस्था के छ, त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ, श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयका तर्फबाट प्रस्तुत गर्नेछु ।'

प्रकाशित मिति: : 2021-07-17 21:46:00

प्रतिकृया दिनुहोस्