सोमबार, १५ डिसेम्बर २०२५

एमाले स्थायी कमिटी बैठक आज बस्दै, माधव नेपालसहितका नेताहरुलाई पनि बाेलाइयाे

News Image
• • •

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ।

बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बस्न लागेकाे हाे।

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक बाेलाइएकाे एमाले स्राेतले जानकारी दियाे।

पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आजको बैठकमा माधव नेपालसहितका नेताहरुलाई पनि डाँकिएकाे छ।

केन्द्रीय कमिटी बैठक भने भाेलि (साेमबार) बिहान ११ः०० बजे बस्ने बताइएकाे छ।

त्यसाे त शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो।

शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन। सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!