उनीसँग स्वयम्भुमा एक साँझ

कमल आचार्य

काठमाडौँ
Breaknlinks
Breaknlinks

अहो बिहानै ६ बजे उठेर काममा जानुपर्ने मान्छे ७ बजेसम्म निदाएको रहेछु।

हस्याङ-फस्याङ हुँदै डराउँदै निद्रा खुल्यो। कस्तो नराम्रो सपना, एकदम डर लागेको थियो !

पसिना-पसिना भएको रहेछु। धेरै दिनपछि 'नाइट फेल' पनि भएको रहेछ। कस्तो गन्हाएको ! पुरै भिजेको थियो, आफैलाई घिन लाग्यो।

शनिबारको दिन थियो। हत्तपत्त मोबाइल खोजेर मैले उनलाई कल लगाएँ। म धेरै आत्तिएकाे थिएँ। उनले पाँच पटकसम्म पनि 'हेल्लो' भनिरहँदा मैले एकवचन पनि बोल्न सकिनँ।

राति सपनामा देखेको सबै घटना उनलाई सुनाएँ। उनी एकछिन मज्जाले हाँसिन्। मेरो भने मुटुको ढुकढुकी बढ्दै थियो।

मैले भने, 'ए‌ पागल केटी, मान्छेले यस्तो नराम्रो सपना देख्दा तिमी चाहिँ हाँस्नुपर्छ ?'

एकछिन पछि उनले मलाई नराम्रोसँग हपारिन्, 'तपाईं नि कस्तो पागल मान्छे हो क्या ? नचाहिदो सपना देखेर बिहान-बिहानै फोन गरेर अनेकौं सुनाउने। बाँदर चुप लाग्नुस्, अबबाट यस्तो फाल्तु सपना देख्ने होइन, भन्देको छु।'

'भनेपछि मेरो प्रेममाथि तपाईंलाई विश्वास छैन है ? अनेक सोचेर सुत्नुहुन्छ अनि सपनामा देखेको कुरा लिएर तनाव लिनुहुन्छ, पागल।', उनले थपिन्।

मैले आत्तिएरै भनेँ,'नाइ, तिमीलाई भेट्नु छ अब। भेटेर नै कुरा गर्ने हो। आज नै भेटम है बरु ?'

उनले भनिन्, 'हे भगवान, यो मान्छेलाई के भो आज ? कहिल्यै फुर्सद नहुने मान्छे आज आफै भेट्ने रे !', मुस्कुराउँदै, 'अचम्म भयो त बुडो !'

'सधैं भेट्न आउनुस् भन्दा अनेक काम छ भनेर शनिबारको दिन पनि हिँड्ने मान्छे आज भेटने रहर लाग्यो रे, अचम्म भयो त। हाँस्दै भनिन् उनले, 'अब दिन-दिनै यस्तै सपना देख्नुस् बरु, भेट्न त पाइदोरहेछ।'

'ह्या मजाक नगर न यार, मेरो नाइट फेल भएर पुरै शरिर गन्हाएको छ। जान्छु अब, नुहाएर आएपछि कल गर्छु अनि कहाँ भेट्ने भनेर सल्लाह गरौला। बाइ बादर्नी। तिमी पनि तयार भएर बस सधैंजस्तो आधा घण्टा लगाउने होइन नि फेरि। अनि सुन आज सिम्पल भएर आउ है, निधारमा कालो टिका अनि थोरै लिपिस्टिक र हल्का गाँजल‌ मात्रै ल।', मैले भने।

उनले मस्का हान्दै भनिन्, 'आज त मज्जाले जहाँ भन्नुहुन्छ त्यही जान्छु म त, डर छैन। राति नै सबै भएछ। आफै आउनुस बरु। याेयाेतिर जाने कि बुडो ?'

यत्तिकैमा फोन काटेर नुहाउन लागेँ।

नुहाएर आएँ। भिडियो कलमा उनलाई सोधेँ, 'आज कस्तो कलरको पाइन्ट सर्ट लगाउ कान्छी ?'

'ह्या जे लगाए पनि हुन्छ. धेरै राम्रो हुनु पर्दैन. अर्कैले नजर लगाए भने मैले कसलाइ बुडो भन्ने ?', उनले भनिन्।

मैले सोधेँ, 'कहाँ जाने त ?'

हाँस्दै उनले भनिन्, 'आज त याेयाे जाने हो म त, तपाइ तयार हो ? कि रातभरको सपनासँगै रमाइलो भयो !'

'मजाक नगर त केटी। पिटाइ खालिस् नि आज ! बरु भन कहाँ जाने ? म लिनआउँछु।' मैले भने।

अन्ततः भेट भयाे।

मैले भनेँ,  'हिँड कान्छी, आज स्वयम्भु जाँउ। नगएको पनि धेरै भइसक्यो। एकपटक घुमेर आउ बरु। खाजा पनि उतै खाउला।'

स्वयम्भु पुग्यौँ। एकछिन हिँडेको उनको पेट दुख्यो भन्दै थचक्क बेन्चमा बसिन्। साह्रै थकाइ लागेजस्तो मलिन अनुहार थियो।

पछि उनले आफै भनिन्, 'मलाई महिनावारी भएको छ, पेट दुखेर हिँड्न सकिरहेको छैन।'

बेन्चमा मेरो हात र घुडालाई सिरानी बनाएर पेट दुख्यो भन्दै सुतिन्। मैले महसुस त गर्न सक्थेन त्यो दुखाइ, तर उसको त्यो हालत देखेर भावुक भने भएको थिएँ।

सपनापछि पहिलो पटक थियो मैले उनलाई नजिकबाट राम्रोसँग नियाल्न पाएको थिएँ, उनी मेरो काखमा थिइन्।

निधारभरी डन्डिफोर आएको थियो। फेरि पनि संसारकै सबैभन्दा सुन्दर परीको साथमा समय बिताएकोजस्तो महसुस भएको थियो। कता-कता चुप्पा खाउ कि भन्ने दिमागमा चलिरहेको थियो, फेरि मनले सोध्यो यस्तो अवस्थामा 'छि त्यस्ताे फोहोरी दिमाग चल्यो' भन्दै टाउको बेन्चमै ठोकेँ।

एक-दुई घन्टाको गफगाफपछि उनले भनिन्, 'जाउ हिँड्नुस, कस्तो गाह्रो भइसक्यो। फेरि प्याड पनि परिवर्तन गर्नुछ।'

एकअर्काको हात समातेर बिस्तारै एक-एक गर्दै सिँढीहरुबाट तल झर्दै थियौं। मैले भने, 'आउ तिमीलाई म उचालेर तलसम्म पुर्याउछु।'

 'ह्या बादर भयो, छोड्नुस्. देख्ने मान्छेले पनि के भन्लान् ? नचाहिदो नसोच्नुस्। सुस्त-सुस्त हिँड्नुस बरु।', उनले भनिन्।

तल झर्दा-झर्दै भोक लागेको महसुस भयो। मैले सोधिहालेँ, 'के खान्छौ तिमी ?'

उनले भनिन्, 'अलि राम्रो ठाउँमा जाउ न हिँड्नुस्। मलाई प्याड पनि परिवर्तन गर्नुछ।'

बिस्तारै-बिस्तारै हिँड्दै तल बाटोनिर पुग्यौं।

बुद्धपार्कपारी नबिल बैङ्क बिल्डिङकाे दोस्रो तल्लामा कहिल्यै नसुनेको नामकाे रेस्टुरेन्ट देखेँ- ह्वाइट र्‍याबिट।

त्यहाँ पुगेर 'मेनू' हेर्दा झन् लोभ्याउने नै थियो। हेर्दै जाँदा सबैभन्दा खास कहिल्यै नखाएको झानेको मःम र पिरो आलु भन्ने देखियो। त्यही नै खाऔं न त भनेर अर्डर गरियो। एक-एक प्लेट एकअर्कालाई खुवाउदै-खादै गर्दा झन् स्वादमा पनि बेग्लै मिठास थियो।

संचालक हुनुहुँदो रहेछ सविन अधिकारी। मेरो पुरानो साथी ट्विटरको। राम्रो कथा, कविता, मुक्तक र सायरी ‌‌पनि लेख्नुहुन्थ्यो अनि साह्रै प्रेमिल मान्छे। मिलनसार, पुस्तकप्रेमी।

खाजा खाइसकेपछि हामी गफगाफ गर्दै काउन्टरतिर लाग्यौं। भन्छन् नि, केटीसँग डेटिङ गइसकेपछि केटाले टन्न खर्च गर्नुपर्छ, सपिङदेखि लिएर हरेक कुरामा तर त्यस्ताे कहिल्यै हुन्थेन। जहिले पनि उनले नै तिर्ने गर्थिन्। कहिलेकाहीँ मात्र मैले तिर्थेँ।

छुट्ने बेला हुँदै थियो। यत्तिकैमा हाँस्दै मैले भनेँ, 'भोको पेट त भरियो, अब प्यास मेटाउने हो कि ? हिँड जाउ बरु।'

उनले झोलाबाट पानीको बोतल निकालेर 'लिनुस् मेट्नुस प्यास' भन्दै थिइन्। सायद, नबुझेर नै होला मैले भनेको।

यत्तिकैमा 'बिहान भनेको थियौँ नि, कता लैजाने  याेयाे कि कता भनेर' कुरा निकाले मैले। यत्तिकैमा उनले मेरो कान निमोठ्दै भनिन्, 'त्यो त बिहेभन्दा पहिला त्यही सपनामा मात्रै सिमित हुन्छ। सपना देख्नुस् र अर्को दिन मलाई भेट्न आउनुस्। पानीले प्यास बुझाउनुस् र खाजा खाएर पेट भर्नुस्। जानुस्।'

 साँझ पर्न थालिसकेको थियो। म नयाँ बजारतिर लागेँ, उनी आफ्नै कोठा बनस्थलीतिर लागिन्। 



काेठाबाट सुरु भएकाे सम्बन्ध काेठामै सकियाे

प्रियसीसँग त्याे रात

प्रकाशित मिति: : 2021-07-17 20:10:00

प्रतिकृया दिनुहोस्