अफगानिस्तानमा मारिएका रोयटर्सका फोटो–पत्रकारले खिचेका पाँच चर्चित तस्बिर

Photo - Reuters (Danish Siddiqui)
Photo - Reuters (Danish Siddiqui)

विपत्ति, युद्ध, अन्याय होस् या मेला–महोत्सवका सन्दर्भ। अफगानिस्तानमा मारिएका भारतीय फोटो पत्रकार दानिस सिद्दीकीले थुप्रै तस्बिरहरू कैद गरेका छन्। 

दुःख भोगिरहेका मानिस हुन् या रमाइरहेका– बेलायती समाचार एजेन्सी रोयटर्सका भारत व्युरो प्रमुख चर्चित फोटो पत्रकार दानिसले अग्रपंक्तिमा रहेर छोप्थेँ। तर, उनै फोटो पत्रकार अफगानिस्तानको दोहोरो भिडन्तमा परी बिहिबार मारिएका छन्। 

अफगानस्थित कान्धर प्रान्तको युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङमा खटिएका उनी सरकारी सुरक्षाफौज र तालिवानको झडपमा मारिएका हुन्। दानिसले पत्रकारिता क्षेत्रको प्रतिष्ठित पुलित्जर पुरस्कारसमेत पाइसकेका छन्। 

उनी असहज परिस्थितका घटना समेटेर आम–मानिसमाझ ‘फोटोकथा’ ल्याउथेँ ताकि हजारौँ शब्दमा लेखिएका कथाभन्दा दानिसले कैद गरेको एउटा फोटो नै काफी हुन्थ्योँ। 

कोरोना काल, अफगान युद्धको अवस्था, कुम्भ मेला, रोहिंग्या शरणार्थीको समस्या वा नयाँदिल्ली दङ्गामा उनैले खिचेका तस्विरहरू चर्चामा छन्।


१– नयाँदिल्लीस्थित जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयछेउमा नागरिकता कानूनविरूद्ध प्रदर्शन गरिरहेका नागरिकमाथि फायरिङ गरे। सुरक्षाकर्मी दर्शक बनिरहेकै बेला आन्दोलनकारीमा गोली प्रहार गर्ने गोपाल शर्मा हुन्। उनले प्रहरीको आडमा नागरिकमाथि गोली प्रहार गरेको तस्विर उनै पत्रकार दानिसले खिचेका थिए।

२– म्यान्मारबाट तितरबितर भई विभिन्न देशमा शरण लिइरहेका थुप्रै रोहिंग्या शरणार्थीहरूबारे रिपोर्टिङ गर्दा यो तस्विर खिचिएको हो। फोटो पत्रकार दानिसले यही फोटोमार्फत् सन् २०१८ मा 'पुलित्जर पुरस्कार' पाएका थिए। उनी 'पुलित्जर पुरस्कार' जित्ने पहिलो भारतीय हुन्। तस्बिरमा शरणार्थी महिलाले देशमा पुगेपछि माटो छोइरहेकी छिन्। 

३– कोरोना महामारीले बन्दाबन्दी सुरु भएपछि हजारौँ मजदुरहरू शहरबाट गाउँ फर्किंदै थिए। सोही समयमा काँधमा छोरो बोकेका एक मजदुर हिँडिरहेको तस्बिरले श्रमिकको दुःख बोलेको छ। सामाजिक सञ्जालमा छ्यापछ्याप्ति भएको यो फोटो नदेख्ने शायदै कमै होलान्। 

४– कोरोनाको दोस्रो लहरमा हजारौँ–हजार नागरिकले ज्यान गुमाएका छन्। लाशमाथि लाश थुपारिदाँ मसानघाटमा दाह–संस्कार गर्ने ठाउँसम्म थिएन। यो भारतको कहालीलाग्दो दृश्य उनै अफगानमा मारिने पत्रकार दानिसले खिचेका हुन्।

५– हरिद्वारको कुम्भ मेलामा शाही स्नानका क्रममा नाङ्गा बाबाहरूले गङ्गा नदीमा डुबुल्की मारिएको तस्बिर कोरोना कालमा खूब आलोचित बनेको थियो।

– सबै तस्बिर साभारः दानिस सिद्दीकी/ रोयटर्स


अफगानिस्तानको दोहोरो झडपमा परी वरिष्ठ भारतीय फोटो पत्रकारको मृत्यु

अफगानिस्तानको हिंसाग्रस्त क्षेत्रमा समाचार सङ्कलनका लागि  गएका एक भारतीय फोटो पत्रकारको सरकारी सुरक्षा फौज र तालिबान सशस्त्र विद्रोहीको झडप परी मृत्यु भएको छ। पूरा समाचार...

प्रकाशित मिति: : 2021-07-16 20:36:00

प्रतिकृया दिनुहोस्