परमादेशबाट प्रधानमन्त्री बनेका देउवालाई सत्ता टिकाउनै चुनौती

कांग्रेस नेता भन्छन्- छवि सुधार्ने अवसर

थाहा खबर

ईश्वरी बराल

पाँचौं पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाका लागि अवसरसँगै चुनौतीको चाङ पनि उत्तिकै छन्। संविधानको अन्तिम विकल्पबाट प्रधानमन्त्री बनेका देउवासामु  संसदमा विश्वासको मत प्राप्त गर्नदेखि कोरोनाले आक्रान्त नागरिकलाई राहत दिनु अहिलेको मुख्य चुनौती रहेका छन्।

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका देउवाले ३० दिनभित्र संसदमा विश्वासको मत पाएनन् भने संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा विघटन हुनेछ। त्यसको ६ महिनाभित्र नयाँ निर्वाचन गराउनुपर्नेछ। प्रधानमन्त्री बनाउनका लागि साथ दिएको एमालेको माधवकुमार नेपाल समूहले गठबन्धनबाट अलग हुने निर्णय लिएसँगै देउवालाई सुरुमै अप्ठेरो परेको छ। ४० महिनाअघि केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरण गरेका देउवाले उनै ओलीलाई विस्थापित गर्दै प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि चैतसम्म सबै नागरिकलाई खोप दिने पहिलो निर्णय गरेका छन्।

आफ्नै नेतृत्वमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई विपक्षमा बस्ने जनमत प्राप्त भएपछि नेकपा माओवादी केन्द्रको समर्थनमा ओली प्रधानमन्त्री बनेका थिए। तर‚ ओलीको गठबन्धन दलसँग मात्रै होइन आफ्नै पार्टी सन्तुलनमा राख्न नसक्दा देउवाका लागि फेरि सत्तारोहणको ढोका खुलेको हो। ओली सरकारबाट नागरिक निरास बनेका कारण वर्तमान सरकारसँग जनअपेक्षा धेरै छन्। 

प्रकाशित मिति: : 2021-07-16 09:13:00

प्रतिकृया दिनुहोस्