मानव ‘अरिंगाल’लाई पत्रकारको चुनौती

बाह्रखरी

काठमाडौँ

एक प्रकारका अरिंगालको युग समाप्त भएर अब नयाँ अरिंगालको समूहको विस्तारै प्रादुर्भाव हुँदै जाने अवस्थामा हाम्रो मुलुक पुगेको छ । 

पुरानो रानी अरिंगाल आफ्नो बासस्थान बालुवाटार छाडेर हिंडेपछि अब बालकोटबाट अरिंगाल सञ्चालनमा धेरै समय र स्रोतको प्रयोग नहुने अनुमान गर्न सकिन्छ । 

तर बालुवाटारमा अर्को शक्तिको स्रोतको बास भएको छ । उनका पनि आफ्नै प्रकारका अरिंगालहरूको समूह बनेर जाँदैन र उनी आफै अर्को रानी अरिंगाल बन्दैनन् भन्न सकिने अवस्था छैन । 

नयाँ सम्भावित अरिंगाल र पुराना अरिंगालका सोच, विचार र व्यवहारले पत्रकार सबैलाई कसैको दलाल, कसैको भरौटे र कसैको कार्यकर्ता ठान्दछ । त्यसैले राज्यको चौथो अङ्गको रुपमा स्वतन्त्र पत्रकारितालाई अघि बढाउन चाहने व्यावसायिक पत्रकारले सबै प्रकारका अरिंगालको प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो । 

त्यस्तै पुराना र नयाँ अरिंगालले पनि मूलधारका पत्रकारको भूमिका पहिले कस्तो थियो र अब कस्तो हुँदैछ त्यसमा ध्यान देओस्, अनि गलत आरोप र निम्छरो आक्रमणमा नउत्रियोस् । राज्यका मूल धारका मिडियाले गल्ती गर्‍योभने उसले पनि प्रतिवाद गरोस् ।

पत्रिका र पत्रकारले कसैको पक्ष लिएको कुरा हुँदा ओली शासनलाई मूलधारका पत्रिकाले कसरी हेरेका थिए त्यो बुझ्न सर्वोच्चको असार २८ गतेको संसद् पुनःस्थापनाको निर्णयलाई कसले कसरी प्रस्तुत गरियो भन्ने कुरा हेर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: : 2021-07-15 17:58:00

प्रतिकृया दिनुहोस्