किन भीआइपीको 'पीएसओ' प्रहरीको एउटा आकर्षक पोस्टिङ बनिरहेछ?

पहिलोपोष्ट

काठमाडौँ

काठमाडौं : 'आफूलाई जो सजिलो हुन्छ उसैलाई त लिने हो नि। उहाँले पनि त्यही अनुसार लिनु भयो।'

भनाइ हो, नेपाल प्रहरीका एक उच्च प्रहरी अधिकृतको। प्रसंग चाहिँ प्रधानमन्त्रीको निजी सुरक्षा गार्ड (पीएसओ) राख्ने सन्दर्भमा।

मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिए। देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनको सुरक्षा प्रबन्ध मिलाइयो। प्रधानमन्त्रीको हैसियतमा देउवाका लागि सुरक्षा व्यवस्था मिलाइयो।

नेपाल प्रहरीबाट डीएसपीको नेतृत्वमा सुरक्षा टोली खटाइएको छ। नेतृत्वको कमान सम्हालेका छन् डीएसपी कोमलविक्रम शाहले। नगर प्रहरी प्रमुख रहेका उनलाई काज सरुवा गरिएको हो प्रधानमन्त्रीको सुरक्षाका लागि। उनी यसअघि २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि पीएसओ नै खटिएका थिए।

प्रकाशित मिति: : 2021-07-15 17:37:00

प्रतिकृया दिनुहोस्