१० दिनदेखि लगातार बाडुली लागेपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

बिएल संवाददाता

ब्राजिलिया

विगत दश दिनदेखि लगातार बाडुली लागेपछि ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको छ।

६६ वर्षीय बोल्सोनारोलाई उनका सहयाेगीहरूले अस्पताल भर्ना गरेका हुन्।

लगातार बाडुली लाग्नु ह्रदयघातको लक्षण हुनसक्ने भन्दै उपचारको लागि अप्रेशन गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन्।

सन् २०१८ मा चुनावी अभियानको क्रममा अज्ञात व्यक्तिले छुरी प्रहार गर्दा उनी घाइतेसमेत भएका थिए। उनीमाथि कोरोना खोप खरिद गर्दा मोटो रकम कमिसन लिएको आरोप पनि लागेको छ।

यद्यपि, बाडुली लाग्नु भनेको कुनै नजिकका मान्छेले सम्झेको भन्ने मान्यता पनि छ।

प्रकाशित मिति: : 2021-07-15 10:58:00

प्रतिकृया दिनुहोस्