बिएल संवाददाता
तालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमा चौकीमा आफ्नो झण्डा गाडेर उक्त चौकीलाई आफूले नियन्त्रणमा लिएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको देखिन्छ।
यद्यपि अफगान अधिकारीहरूले उक्त चौकी तालिबानद्वारा कब्जा गरिएको कुरालाई अस्वीकार गरेका छन्। तर सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा तालिबान विद्रोहीहरूले पाकिस्तानी सीमा सुरक्षा बलसँग कुराकानी गरिरहेको देखिन्छ।

तालिबानले उक्त सीमा नाकालाई नियन्त्रणमा लिएको दावी सञ्चारमाध्यमहरूसँग गरेको बताइएको छ। हालैका साताहरूमा तालिबान विद्रोहीहरूले देशैभरि आफ्नो नियन्त्रणलाई फैलाएका छन्।
उनीहरूले श्रृङ्खलावद्धरूपमा सीमा चौकीहरूलाई अफगान फौजबाट आफ्नो नियन्त्रणमा लिइरहेका समाचारहरू सार्वजनिक भइरहेका छन्। यसरी कब्जा गरिएका सिमा क्षेत्रहरूमा इरान, ताजिकिस्तान र तुर्केमेनिस्तानको सीमा नाकामा रहेका चौकीहरू रहेका छन्।
राष्ट्रपति जो बाइडनले तय गरेको मिति सेप्टेम्बर ११ भन्दा अघि नै अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेपछि तालिबानले आफ्ना आक्रमणहरूलाई सशक्त पार्दै गइरहेका छन्।
२० वर्षअघि अमेरिकी सेनाको नेतृत्वमा तालिवानको नेतृत्वमा रहेको सरकारलाई नेटो सेनाको सहयोगमा विस्थापित गरिएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया