बिबिसी
अमेरिकाको औषधिसम्बन्धी नियामक निकायले जोनसन एन्ड जोनसनको खोपले स्नायु प्रणालीसम्बन्धी एक प्रकारको दुर्लभ अवस्थाको जोखिम बढाउन सक्ने चेतावनी दिएपछि अमेरिकी अनुदानमा सोमवार नेपाल भित्रिएको उक्त खोपबारे सरकारी संयन्त्रहरूले 'अनुसन्धान गर्ने' स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक अधिकारीले बताएका छन्।
अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले स्नायु प्रणाली शिथिल हुने 'गीयाङ बारे सिन्ड्रोम' भनिने अवस्था उक्त खोप लगाएका कारण आउन सक्ने सम्भावना न्यून रहेको उल्लेख गरेको छ।
जोनसन एन्ड जोनसन खोप लगाएका व्यक्तिमा अमेरिकाको कुल जनसङ्ख्याको तुलनामा उक्त समस्या विकसित हुने सम्भावना तीनदेखि पाँच प्रतिशतभन्दा बढी रहेको अधिकारीहरूलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जनाएको छ।
अमेरिकामा झन्डै एक करोड २८ लाख व्यक्तिले जोनसन एन्ड जोनसनको खोप लगाइसकेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया