देउवाको चुनौती, माधवको धोका र ओलीको पतन

रातोपाटी

काठमाडौं

नेपाली काँग्रेसले ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएको हो। तर, परिस्थितिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदियो। अब, देउवाको चुनौती ठुलो छ।

तीन–चारवटा ब्लकलाई लिएर गठबन्धन बनाउनुभएको छ। प्रचण्ड नेतृत्वको माओवादीको एउटा ब्लक, उपेन्द्र यादवको अर्को मधेसवादी ब्लक, एमालेभित्रकै झलनाथ–माधव समूह र आफ्नै पार्टीभित्रका दुई–तीनवटा ब्लक। यी सबै ब्लक र यसबाट उत्पन्न भएको परिस्थितिअनुसार उहाँले आज प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ।

तर, उहाँले यी ब्लकहरूलाई व्यवस्थापन गरेर जानुपर्छ। यसलाई संयोजन गरेर नेतृत्व दिन सहज छैन। ०५२ सालतिर देउवाजी प्रधानमन्त्री हुँदा जस्तो हुनुहुन्थ्यो, त्यसको दाँजोमा अहिले उहाँ शारीरिकरुपमा थकित र सुस्त देख्छु।

भोलिको दिनमा आउने पहिलो चुनौती विश्वासको मत लिने हो। संविधानको धारा ७६ (५) बमोजिम उहाँले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ र त्यसका लागि सबैभन्दा ठुलो चुनौती एमालेभित्रको झलनाथ–माधव समूहबाट छ। उसै पनि माधव समूहले यो गठबन्धनमा बस्दिनँ भनेर हिजो सङ्केत गरिसक्नुभएको छ।

अब विश्वासको मत कसरी लिने ? विश्वासको मत नपाएपछि के गर्ने ? उहाँसामु विश्वासको मत लिन नसक्दा दुई वटा मात्रै बाटो रहन्छ : या राजीनामा दिएर बाटो खुला गर्ने या वा धारा ७६ (५) अनुसार संविधानअनुसार निर्वाचनमा जान सक्नुहुन्छ।

प्रकाशित मिति: : 2021-07-13 17:03:00

प्रतिकृया दिनुहोस्