प्रधानमन्त्रीमा देउवाको पाँचौँ इनिङ्स, राजाले खोसेको जिम्मेवारीदेखि अदालती आदेशले आइलागेको अवसरसम्म

शिलापत्र

काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा पाँचौँ इनिङ्स सुरु हुँदै छ । सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै देउवाले सत्तारोहणको पाँचौँ यात्रा सुरु गर्ने भएका हुन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार उनलाई मंगलबार अपराह्न ५ बजेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरिसक्नुपर्नेछ ।

देउवा तत्कालीन राजा वीरेन्द्र शाहको पालामा पहिलोपटक २०५२ साल भदौ २७ देखि २०५३ साल २९ फागुनसम्म प्रधानमन्त्री भएका थिए । उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा दुई पटक प्रधानमन्त्री भएका थिए ।

देउवाको दोस्रो सत्तारोहण २०५८ साउन ११ मा भएको थियो । त्यस कार्यकाल २०५९ असोज १८ सम्म कायम भएको थियो । उनी तेस्रो पटक २०६१ जेठ २१ मा प्रधानमन्त्री भएका थिए । त्यो कार्यकाल २०६१ माघ १९ सम्म चलेको थियो ।

प्रकाशित मिति: : 2021-07-12 16:49:00

प्रतिकृया दिनुहोस्