एमाले नेता महेश बस्नेतले अदालतकाे फैसलाविरुद्ध माइतीघर मण्डलामा भेला हुन युवालाई आह्वान गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत उक्त आदेश जारी गरेका हुन्। उनले लेखेका छन्, 'तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाविरुद्ध विरोध जनाऊँ।'
उनले लेखेका छन्, 'आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलीय शासन व्यवस्था को पुन वीजारोपन भएको दिन। ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्यायमूर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्वान्वयन गर्न असंभव छ।'
उनले लेखेका छन्, 'युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदशन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं।'