अमेरिकी अन्तरिक्षयान कम्पनी भर्जिन गैलेक्टिकका मालिक अर्बपति रिचर्ड ब्रेन्सन आइतबार अन्तरिक्षतर्फ जाँदै छन्।
उनी आफ्ना सहयोगीहरुका साथ अन्तरिक्षतर्फ जान लागेका हुन्।
यो समुहमा ब्रेन्सनसहित अन्य पाँच जना रहेका छन्। भविष्यमा अन्तरिक्ष पर्यटनको योजनाको अध्यनको लागि यो यात्रामा जान लागेको कम्पनीले जनाएको छ।
यो यात्रा अमेरिकी पूर्वीय समय अनुसार बिहानको नौ बजे सुरु हुने छ। यद्वपी यसको आधिकारिक घोषणा भने भएको छैन। कम्पनीका अनुसार यो यात्रामा करिब २० अर्ब डलर खर्च हुने छ।