पुल्पुलिएका देउवाले सकेनन्, धुलोबाट उठेका व्यक्ति सभापति बन्नुपर्छ

बाह्रखरी

काठमाडाैं

रामचन्द्र पौडेल कांग्रेस वरिष्ठ नेता हुन् । कांग्रेसको १३ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित उनी १४ औँ महाधिवेशनमा पनि नेतृत्वको तयारीमा जुटेका छन् । तर उनलाई यसअघि काँध थापेका नेताहरु आफैँ नेतृत्वको दौडमा छन् ।
यस्तो अवस्थामा तयारी के का लागि ? पौडेललाई नै नेतृत्व किन ? त्यसपछि कांग्रेस कस्तो बन्छ ? छाड्नैपर्ने अवस्था आयो भने कसरी छाड्ने ? लगायतका विषयमा केन्द्रित रहेर बाह्रखरीका बलराम पाण्डे र रमेश वाग्लेसँग पौडेलले शनिबार दिउँसो आफ्नै निवासमा लामो कुराकानी गरेका छन् ।

प्रस्तुत छ, नेता पौडेलसँग १४ औँ महाधिवेशन केन्द्रित कुराकानीको सम्पादित अंश–

कांग्रेसमा नेतृत्वका लागि अहिले नेताहरुको दौडधुप र छलफल तीव्र छ । अब कांग्रेस महाधिवेशन सुनिश्चित बनेको हो ?

महाधिवेशन अनिवार्य आवश्यकता हो । किनभने हाम्रो पार्टीको विधानले हामीलाई चारवर्षको कार्यकाल दिएको छ । 

असाधारण परिस्थितिमा एकवर्ष थप्न सकिन्छ । थपेको समय पनि सकियो । संविधानमै साढे पाँचवर्षभित्र पार्टीहरुले नेतृत्व चयन गर्नुपर्छ भनिएको छ । 

प्रकाशित मिति: : 2021-07-11 17:19:00

प्रतिकृया दिनुहोस्