ख्याति श्रेष्ठ हत्या प्रकरण : १० कक्षा पढ्दा जेल पुगेकी मेरिना स्नातकोत्तरकाे प्रमाणपत्र बाेकेर भोलि छुट्दै

शिलापत्र

काठमाडाैं

 कृष्णसिंह लाेथ्याल

२२ जेठ २०६६ । बिर्सनलायक दिन । मुलुककाे राजधानी काठमाडौंमा दर्दनाक घटना भएकाे दिन । ख्याति श्रेष्ठ हत्याका नाममा चिनिने उक्त घटना स्वयम्‌चाहिँ कुख्यात थियाे । 

काठमाडाैं अनामनगरकी १९ वर्षकी ख्यातिको अपहरणपछि बीभत्स हत्या भएको थियो । क्रूर हत्याकाे मतियार थिइन्, मेरिना शाक्य । शाक्यलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायाे । 

तर, उनी सजाय कटाएर भोलि (सोमबार) १२ वर्षपछि जेलमुक्त हुँदै छिन् । ख्यातिको हत्या हुँदा मेरिना १७ वर्षकी मात्रै थिइन् । अहिले २९ वर्षकी भइन् । ख्यातिको हत्यामा जिल्ला अदालत काठमाडौंले ३ मंसिर २०६७ मा मेरिनाले मतियारको भूमिका खेलेको भन्दै २० वर्ष कैद सजाय सुनाएको थियो । 

अपहरणतर्फ १० वर्ष र जघन्य प्रकृतिको हत्या, महिलाकाे हत्यासमेत जाेडेर थप १० वर्ष गरी उनलाई न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

प्रकाशित मिति: : 2021-07-11 17:15:00

प्रतिकृया दिनुहोस्