नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठक आइतबार साँझ ४ बजे बस्ने गरी बोलाएका छन्।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
एमालेभित्रको विवाद मिलाउनका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । बैठकमा उक्त कार्यदलले तयार पार्कोने सहमतिको प्रतिवेदन पनि प्रस्तुत गर्ने कार्यक्रम छ ।
एमालेको सहमतिको लागि निर्धारित अन्तिम दिन हो । सर्वोच्च अदालतले प्रतिनिधिसभाविघटनविरुद्ध परेको मुद्धा फैसलाअघि नै एमाले विवादको टुङ्गाे लगाउने एमालेको प्रयास छ ।
बैठकमा स्थायी कमिटीका पदाधिकारीहरुसहित सबै सदस्यहरूलाई बोलाइएको छ। यसअघिका बैठकमा माधव नेपाल पक्षधरहरु अनुपस्थित हुँदैआएका छन्।