ठुटे अनुहार

निर्मल खराल

म्यान्मार
Breaknlinks
Breaknlinks

धमिलो व्यथा कवितामा यो ठुटे अनुहारले
आशङ्का निराशाबाट निस्की बताउँ कसरी

प्यासी बनेकाे तिर्खा यो ठुटे अनुहारले
बोतलको थोपो रक्सी पिई बताउँ कसरी

पीडा पिल्सिएको जीवन यो ठुटे अनुहारले
ढल्कँदै गरेको दिन गनी बताउँ कसरी

मौनताले चिथाेरिएको यो ठुटे अनुहारले
निराशीला पाटाका टुक्रा प्रष्ट पारी बताउँ कसरी

हृदयभरि कालो बादलमा यो ठुटे अनुहारले
थुप्रै शीत भई वर्षीने झरी गरी बताउँ कसरी

झिनो आशामा जहान भोकै यो ठुटे अनुहारले
सुकेको ओठ तेर्साई केही मिलेन भनी बताउँ कसरी

भोक -शोकले मानिस/प्राणीको यो ठुटे अनुहारले
क्षणमै मरिसकेका छाँया बझारी बताउँ कसरी।

प्रकाशित मिति: : 2021-07-10 17:57:00

प्रतिकृया दिनुहोस्