'बिहानै लाइट बालेर हर्पन खोलामा बाढी हेर्न गएको थिएँ, खेत नै बगर बनाइसकेछ'

शिलापत्र

काठमाडौँ

अनुप पौडेल

गंगाबहादुर भुजेल फेवातालको मुहान हर्पन खोलाछेउमा बस्न थालेको ३५ वर्ष भयो । फेवातालसँग भने उनी जन्मेदेखि नै परिचित छन् । २०४३ सालमा बसाइँ सरेर चंखपुर झरेपछि अझै नजिक भए । चंखपुर फेवातालको चार किल्लाअन्तर्गत उत्तर–पश्चिमको क्षेत्र हो ।

फेवातालको पानीको मुख्य स्रोत हर्पन खोलाले बाटो बिराउँदा भने उनको मनमा चिन्ता गढेको छ । हर्पन खोलामा आएको बाढीले बिहीबार बिहान मात्रै भुजेलका तीन जना छिमेकीले चलाइरहेको पसल बगायो ।

नागबेली आकारमा बगिरहेको खोला गत १९ असारयता पानी परेपछि बढेको छ । सामान्य बाढी आए पनि धानखेत नै त मासिएको थिएन, बिहीबार भने ठूलो बाढी आएको गंगाबहादुरले सुनाए । उनका अनुसार पोहोर पनि खोलामा बाढी आएको थियो । तर, अहिलेजस्तो छोडेरै हिँड्नुपर्ने अवस्था भने थिएन ।

पामे जाने सडकबाट हर्पन खोला तरेर पारि जान पुल बनाइएको छ । पारिपट्टि धान खेत छ । त्यही धानखेतमा तल फलाम गाडेर माथि बस्ने व्यवस्था भएका खाजा घर थिए । १९ असारमा हर्पन खोलामा पानी बढेपछि व्यवसायीले सामान निकाल्न थाले । ‘एक जनाको घरका सबै सामान सारियो । अरु दुइटाको टिन खोलेका थिए, फलाम खत्तम भयो (दुईवटा घरका जस्ता खोलेर सारियो, अरु फलामचाहिँ बगायो),’ गंगाबहादुरले भने ।

प्रकाशित मिति: : 2021-07-09 13:46:00

प्रतिकृया दिनुहोस्