दिनेलाई बेवास्ता, नदिनेसँग हारगुहार गर्दा खोपमा ढिलाइ

नेपाल खबर

काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ मा अक्सफोर्ड एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन बेलायती राजदूत निकोला पोलिटसँग आग्रह गरेका थिए। 

सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटलगत्तै राजदूत पोलिटले नेपाललाई सीधै खोप उपलब्ध गराउन नसक्ने संकेत गरेकी थिइन्। ट्विटरमा उनले नेपालमा कोभ्याक्समार्फत खोप ल्याउन बेलायतले प्रयास गर्ने बताएकी थिइन्। 

त्यसको १० दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः खोपका लागि आग्रह गर्दै बेलायती महारानी एलिजाबेथ द्वितीयलाई पत्र लेखिन्। राष्ट्रपति भण्डारीले जेठ १६ गते नेपाली दूतावासमार्फत बेलायती महारानीलाई लेखेको पत्रमा खोप खरिद प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरिएको थियो।

गत महिना प्रधानमन्त्री ओलीले बीबीसीलाई दिएको अन्तर्वार्तामा पनि बेलायतसँग परम्परागत सम्बन्ध भएकाले खोप पाउनेमा आफू आशावादी रहेको जनाएका थिए। त्यसअघि बेलायतकै पत्रिका द गार्जियनमा लेख लेख्दै कोभिड नियन्त्रणका लागि सहयोग गर्न ओलीले अन्तर्राष्ट्रिय जगतसँग याचना गरेका थिए। 

तर, बेलायतले खोप दिनु त परै जाओस्, राष्ट्रपति भण्डारीको पत्रको जवाफ समेत दिएन। 

प्रकाशित मिति: : 2021-07-09 10:31:00

प्रतिकृया दिनुहोस्