नेकपा माओवादी केन्द्र छाडेर एमालेमै रहेका रामबहादुर थापा 'बादल' समूहका नेताहरू निर्वाचन आयोग पुगेका छन्।
अहिले एमालेमै क्रियाशील रहेका मणि थापा, टोपबहादुर रायमाझी, प्रभु शाहलगायत ११ जना नेताहरू निर्वाचन आयोग पुगेका हुन्।
लामाे समयदेखि महाधिवेशन नभएकाे भन्दै माओवादी केन्द्र खारेजीको मागसहित परेको निवेदनउपर आयोगकाे गतिविधि बुझ्न उनीहरु आयाेग पुगेकाे बताइएकाे छ।
उनीहरुकाे समूहका अधिवक्ता सरोज बुढाथोकीले असार २३ गते माओवादी केन्द्रले २०६९ सालदेखि महाधिवेशन नगर्नु संविधानको प्रावधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ काे प्रावधानकाे उल्लङ्घन भएकाे दावी गर्दै दल दर्ता खारेजीको निवेदन दिएका थिए।
माओवादी छाडेर एमालेमा गएका २३ जना नेताहरू समेत आयोगमा पुगेर माओवादीको दर्ता खारेजी गरिपाऊँ भनेका थिए।
निवेदनमाथि सचिवालयमा अध्ययन हुने र व्यहोरासहित आयोगमा पेश गरेर निर्णय हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका थिए।