विद्यार्थी संगठनद्वारा प्यारागन स्कुलमा ताेडफाेड, दुई शिक्षक घाइते

पिंगलास्थानस्थित प्यारागन पब्लिक स्कुलमा ताेडफाेड र शिक्षकमाथि कुटपिट भएकाे छ। 

मंगलबार दिउँसाे विद्यार्थी संगठनका नेता कार्यकर्ताको समूहले स्कुलमा ताेडफाेडका साथै शिक्षकमाथि कुटपिट गरेका हुन्।

उनीहरुकाे ताेडफाेडबाट स्कुलकाे दराज, कुर्सीसहित भैतिक सामग्रीमा क्षति पुगेकाे स्कुलका एमडी शाकिर उडिनले जानकारी दिए। साथै दुई शिक्षक पनि घाइते भएका छन्।

प्यारागन स्कुलले लकडाउनको अवस्थामा विद्यार्थीबाट मनोमानी हिसाबले शुल्क लिन खोजेको भन्दै केही अभिभावकहरु आन्दोलनमासमेत उत्रिएका छन्। 

अभिभावकले साेमबार स्कुल प्रशासनका कर्मचारीमाथि पनि आक्रमण गरेका थिए। त्यसपछि प्रहरी लगाएर अभिभावकहरुलाई मंगलबारकाे लागि छलफलमा बाेलाइएकाे थियाे। 

सोही वार्तामा सहभागिता हुन आउँदा अभिभावकले विद्यार्थी संगठनका २५/३० जना नेता कार्यकर्ता ल्याएर ताेडफाेड र कुटपिट गरेकाे एमडी उडिनको भनाइ छ। 

'मंगलबार २५ जना अभिभावकहरुलाई छलफलकाे लागि २ बजे बाेलाएका थियाैं। तर,छलफल नै सुरु नभैकन उनीहरुले हामीमाथि हातपात गर्न थाले। हाम्रा दुई शिक्षक पनि घाइते भएका छन्। यस्तै, भाैतिक सामग्रीमा पनि क्षति पुगेकाे छ' उनले भने।

उनका अनुसार स्कुलले १५ सय विद्यार्थीलाई ८ सयकाे दरले लकडाउन अवधिभरकाे 'फि' तिर्नकाे लागि बिल पठाइएकाे थियाे। तर, १४ सय ७५ ले तिरेता पनि २५ जनाले भने राजनीति गर्न खाेजेकाे उनको आरोप छ। 

'हाम्राे ए ग्रेटकाे स्कुल हाे। तर, सी ग्रेटकाे स्कुल सरह फी राखेर बिल पठाएका थियाैं। २५ जनाबाहेक अरुले तिरिसकेका पनि छन्। नतिरेकालाई पनि छलफल गर्ने बाटाे हुँदाहुँदै हामीमाथि राजनीतिक आक्रमण भएकाे छ' उनले भने। 

विद्यार्थीलाई पैसा तिर्नका लागि दबाब दिएको आरोप अभिभावकको भएता पनि त्यसमा कुनै सत्यता नभएको उनले बताए। 

आफूहरुमाथि अभिभावकहरुले बाउन्सर लगाएर विद्यार्थीमाथि कुटपिट गरेको कुरालाई अस्वीकार गर्दै उनी भन्छन्, 'ती सबै आराेप निराधार हाे। हामीले न्यून मूल्य राखेर फी मागेका हाैं। कसैमाथि कुटपिट भएकाे छैन।' 

प्रकाशित मिति: : 2021-07-06 22:14:00

प्रतिकृया दिनुहोस्