रातोपाटी
महालक्ष्मी नगरपालिका टिकाथली बस्ने मनोज श्रेष्ठको घरमा आइतबार बिहानै विद्युत् प्राधिकरणको बिल आयो । घर बाहिरै राखिएको मिटरमा विद्युत् प्राधिकरणबाट खटिएका मिटर रिडरले चेक गर्दै हालसम्म २ हजार ४६६ युनिट विद्युत् खपत भएको भन्दै ४ हजार ५३६ रुपैयाँ ४४ पैसाको बिल छाडेर गए । तर, श्रेष्ठको मिटरमा आइतबारसम्म जम्मा २ हजार १८९ युनिट मात्र उठेको थियो ।
अघिल्लो पटक २ हजार १९ युनिट उठेकोमा यसपालि १७० (२१८९–२०१९) युनिट मात्र आउनुपर्नेमा खपतको झन्डै तीन गुणा नै बढी बिल प्राधिकरणले थमाएपछि श्रेष्ठ तीनछक परेका छन् । अहिले श्रेष्ठ त्रुटि सच्याउनकै लागि भन्दै विद्युत् प्राधिकरण धाइरहेका छन् । तथापि, प्राधिकरणले भने बिलमा आइसकेकाले अब आफूहरूले केही गर्न नसक्ने जवाफ दिएको छ ।
यस्तै, घटना ललितपुर बस्ने यमुना घलेलाई पनि बारम्बार घटेको छ । उनी भन्छिन्, ‘खै मलाई पनि धेरैचोटी परिसक्यो । अफिसमा गएर भन्यो, आएको बिल जहिले भएपनि तिर्नुपर्छ । तर कहाँ के समस्या भयो हेरिदिनु भन्यो मतलबै गर्दैनन् ।’
यस्तै घटना भक्तपुर बस्ने यादव हुमागाईंले पनि भोगेका छन् । तथापि, उनले भने तत्काल प्राधिकरणमा तत्काल उजुरी गर्नाले बढी शुल्क तिर्नबाट उनी जोगिएका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया