एमाले कार्यदल बैठक बिनानिष्कर्ष सकियाे, भाेलि फेरि बस्ने

एमालेको एकता जोगाउन गठन भएको कार्यदलको बैठक मंगलबार पनि बिना निष्कर्ष टुङ्गिएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमामा बसेको बैठकले आज पनि ठोस निर्णय निकाल्न सकेन। तर बैठकमा सहभागी नेता सुवास नेम्वाङका अनुसार हिजोभन्दा केही प्रगति देखिएको छ। सहमति हुनेगरी बैठक फेरि भोलि बस्ने बताइएको छ।

कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबाट संयोजकमा पूर्वसभामुख  सुवासचन्द्र नेम्वाङ र सदस्यहरुमा उपप्रधानमन्त्री एवम् गृह र अर्थमन्त्री विष्णु पौडेल, लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल छन्।

त्यस्तै वरिष्ठ नेता माधव नेपाल पक्षबाट एमाले उपाध्यक्ष भीम रावल संयोजक र सदस्यहरुमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।

प्रकाशित मिति: : 2021-07-06 17:01:00

प्रतिकृया दिनुहोस्