विभिन्न विश्वविद्यालयमा परीक्षा हुनुअघि नै प्रश्न पत्र 'आउट' गर्ने प्रध्यापकहरु बेला-बेला विवादमा तानिदै आएका छन्।
मोटो रकम लिएर जथाभावी अकं दिने प्रध्यापकहरु पनि प्रशस्त भेटिन्छन्। यसलाई विश्वविद्यालयको चरम लापरवाही पनि मान्न सकिन्छ।
यहीबीच मध्यपश्चिमाञ्चल विश्वविद्यालयका दुई जना उपप्राध्यापक बर्खास्त भएका छन्।
परीक्षाको नतिजामा विद्यार्थीलाई आफूखुशी नम्बर दिएको भन्दै ईञ्जिनियरिङ संकायको स्नातकोत्तर कार्यक्रमका निर्देशक तथा उपप्राध्यापक विश्वनाथ यादवलाई विश्वविद्यालयले बर्खास्त गरेको छ।
त्यस्तै परीक्षाअघि नै प्रश्नपत्र आउट गरेको भन्दै कानून संकायका सुजन पन्तलाई पनि विश्वविद्यालयले बर्खास्त गरेको हो।
बर्खास्त भएका उपप्रध्यापकहरुले आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको विश्वविद्यालयले जनाएको छ।
चरम लापरवाहीको कारण दुई उपप्रध्यापकलाई बर्खास्त गर्नु परेको विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले जानकारी दिए।