विद्यासुन्दरका सय दिने प्रतिबद्धता : चार वर्षमा प्रगति शून्य !

थाहा खबर

काठमाडौं

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनताका मतदाताको घरदैलोमा पुगेर भनेका थिए, ‘मलाई चुनावमा जिताउनुस्, सय दिनमा १०१ काम गरेर देखाउँछु।’

शाक्य चुनावी प्रचारप्रसारमा लाग्दै गर्दा विभिन्न सञ्चार माध्यमसँग पनि भनेका थिए, ‘दुई पटक वडाध्यक्षमा जितिसके,अब जेठमा आएर महानगरपालिका हाँक्ने गरी तयारी भएर लागेको छु, भोलि मेयरका लागि भोट माग्दा हाम्रो शिर निहुराउनुपर्ने केही काम गर्दिनँ/गर्ने छैन।’ नभन्दै २०७४ जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट काठमाडौं महानगर प्रमुखमा शाक्य निर्वाचित भए।

उनी निर्वाचित भएपछि एक सार्वजनिक कार्यक्रममा भने,‘घोषणा र अपिल पत्रहरू हामीले जिम्मेवारी पाइसकेपछि पूर्ण रुपमा हामी कार्यन्वयन गरेर देखाउँछौँ,जुन विश्वास मतदाताले गरेको छ,भोलिका दिन विश्वास गुम्न दिने छैनौं,मत दिएर ऋण बोकाउनुभएको छ। काम गरेर देखाउँछौँ। सहर बस्न र हेर्न लायक बनाउँछौँ।’

उनले त्यही बेला काठमाडौ महानगरपालिका सुन्दर, सुरक्षित र जीवन्त सहरको विकास गर्ने बताएका थिए। प्रमुख शाक्य चुनाव नजित्दा नै उनको अधिकांश उपत्यकाभित्र चर्चा थियो। चाहे चिया पसल होस् या अन्य ठाउँ। ‘सय दिनमा १०१ काम’ गरेर देखाउँछु भनेपछि धेरैले उनको खोजीनीति पनि गरेका थिए। चिनेका थिए। 

उनले भनेजस्तै यी चुनावी प्रतिबद्धता सय दिनमा पूरा भएको भए सायद यतिखेर संघीय राजधानी काठमाडौंले अर्कै स्वरूप लिने थियो। हरियाली र फरक सडक बन्थ्यो। काठमाडौंलाई 'मास्कमाण्डु' भन्दै सर्वसाधारणले ठट्टा गर्दै हिँड्नुपर्ने थिएन।

प्रकाशित मिति: : 2021-07-06 09:07:00

प्रतिकृया दिनुहोस्