सोमबार, १५ डिसेम्बर २०२५

सिठी नखःदेखि गठेमंगलसम्म किन बजाइँदैन काठमाडौंमा बाजा ?

अनलाइनखबर

अनलाइनखबर

काठमाडौं
News Image
• • •

२२ असार, काठमाडौं । सधैंभरि साँझ परेपछि बाजाको तालमा गुञ्जायमान हुने काठमाडौंका सत्तल एवं वाद्य गुरुका घरहरू हिजोआज सुनसान हुने गरेका छन् । थरीथरीका बाजाको तालमा गल्लीगल्लीमा हिँड्ने बाधकहरु अहिले देखिँदैनन् । काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको पहिचान दिने बाजाहरु झण्डै एक महीनादेखि किन बज्न छाडे त ? स्थानीय वाद्यगुरु एवं संस्कृतिविद्हरु यसको पछि विभिन्न कारण रहेको बताउँछन् ।

काठमाडौंको थःहिटी निवासी एक मानन्धर परिवारले आफ्नै खर्चमा परम्परागत वाद्यवादन प्रतियोगिता आयोजना गर्थे । प्रतियोगिताको नाम थियो ‘भाजुवीर सिरपा’ । हरेक वर्ष आयोजना हुने प्रतिस्पर्धामा धिमे, ता, खिं लगायतको बाजा बजाउने कलाकारहरुको सहभागिता हुन्थ्यो । मानन्धर समुदायमा बाजा बजाउने एउटा सक्रिय समूह थियो ।

तर सिठी नखःदेखि करीब पौने २ महिनासम्म सांस्कृतिक मान्यता अनुसार बाजा बजाउन हुँदैन भन्नेबारे कमैमा जानकारी थियो । झण्डै २० वर्ष पहिले यही समूहले आयोजना गरेको वाद्यवादन प्रतियोगिता असार आसपास (सिठी नखः र गठेमंगलको बीचमा) आयोजना गरिएको थियो ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!