मौसुफ महेन्द्रको मुकुण्डोभित्र

शिलापत्र

काठमाडौं

घरको भुइँतलामा रामकृष्णको अध्ययन कक्ष छ, चौथो तलामा छ उसको पूजाकोठा । अध्ययन कक्ष र पूजाकोठा दुवैका आ–आफ्नै विशेषता छन् । अध्ययन कक्षमा केही पुस्तक नभएका होइनन्, तर रामकृष्ण ती पुस्तक पढ्दैन । असलमा ती पुस्तक पढ्नका लागि त्यहाँ छैनन्, ती केवल शोका लागि छन् । अर्थात् शोभाका लागि र लोकलाई देखाउनका लागि । अध्ययन कक्षमा रामकृष्ण अध्ययन गर्दैन, खालि पैसा गन्छ ।

पूजाकोठामा रामकृष्ण आफू देवीदेवताको पूजा गर्दैन । कारण म नास्तिक हुँ भनी उसले जगत्‌छेउ पटक–पटक उद्घोष गरेको छ । भित्र पत्नी पूजा गर्छिन्, रामकृष्ण पत्नीलाई बाहिरबाट सुटुक्क सघाउँछ ।

भूमिगत बास, कारावास र काशीवास । यी हुन् रामकृष्णका तीन विशिष्ट राजनीतिक योग्यता । रामकृष्णको दूर अतीत भन्छ– राजनीतिमा ऊ अलि दिन भूमिगत भा’थ्यो, अलि दिन भागेर काशी गा’थ्यो, अलि दिन जेल पर्‍या’थ्यो । यी तीनै योग्यतालाई चक्रवृद्धि ब्याजसहित उसले भोग गरिसकेको कति भयो कति । तैपनि ऊ धाकधक्कुसाथ यिनै योग्यताको डमरु बजाएर राजनीतिमा मजाले खाइरहेकै छ ।

प्रकाशित मिति: : 2021-07-06 08:52:00

प्रतिकृया दिनुहोस्