प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, २८ गते फैसला आउने

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले आगामी असार २८ गते अन्तिम फैसला सुनाउने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच न्यायाधीश रहेको संवैधानिक इजलासले असार २८ गते फैसला निर्णय गरेकाे हाे।

रिट निवेदक र विपक्षीको बहस तथा एमिकस क्युरीको राय सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २८ गतेसम्मलाई मुद्दा हेर्दाहेर्दैमा राखिएको जानकारी गराएका हुन्।

आज रिट निवेदक पक्षका कानून व्यवसायीले जवाफी बहस गरेका थिए। त्यस्तै एमिकस क्युरीका रुपमा चयन भएका राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीले आफ्नाे राय दिएका थिए।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेर संविधानकाे धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै आएका छन्। 

 

प्रकाशित मिति: : 2021-07-05 17:04:00

प्रतिकृया दिनुहोस्