प्रधानमन्त्रीद्वारा आज माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उदघाटन हुँदै

राष्ट्रिय गौरवको आयोजना मानिएको माथिल्लो तामाकोशी जलविद्युत् आज (सोमबार) परीक्षण हुँदैछ।

बिजुली उत्पादन गरेर परिक्षण गर्न लागिएकाे हाे। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजना उद्घाटन गर्नेछन्।

माथिल्लो तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट छन्।

कूल ४५६ मेगावाट क्षमताको यो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुन लागेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए।

असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको छ। भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले बताए।

प्रकाशित मिति: : 2021-07-05 07:07:00

प्रतिकृया दिनुहोस्