चुनावमा गठबन्धनको ‘ल्यान्डस्लाइड भिक्ट्री’ हुन्छ: उपेन्द्र यादव (अन्तर्वार्ता)

नेपाल खबर

काठमाडौँ

प्रशान्त लामिछाने/सागर न्यौपाने

 

नता समाजवादी पार्टी (जसपा) औपचारिक विभाजनको संघारमा छ। महन्थ ठाकुर पक्षले सरकारलाई समर्थन गर्दा उपेन्द्र यादव पक्ष भने पाँच दलीय गठबन्धनमा सहभागी छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उनीहरुबीच मतभेद सुरु भएको थियो। यही सन्दर्भमा पार्टी विभाजन, जसपाको आगामी रणनीति, पाँच दलीय गठबन्धनको यात्रा लगायतका विषयमा नेपालखबरले अध्यक्ष उपेन्द्र यादवसँग गरेको कुराकानीः

जसपाभित्र आन्तरिक विवाद निकै चुलिएको छ। तर, पार्टी फुट्न पनि सकेको छैन र जुट्न पनि सकेको देखिँदैन। भित्रभित्र के भइरहेको छ?
हाम्रो तत्कालीन समाजवादी पार्टी नयाँ शक्तिलगायतका पार्टीसँग ध्रुवीकरण र एकीकरण भएर बनेको थियो। र, हामीले राजपालाई पनि एकीकरणमा ल्याएर मुलुकको एउटा वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा सहभागी गराउन खोज्यौँ। त्यसका लागि कुराकानी चल्दै गर्दा विभिन्न घटनाले एकता घोषणा भयो।

एकीकरण गर्दा केन्द्रीय समितिसम्म भयो। तर, जिल्ला, प्रदेश, भातृ संगठनहरु कुनैको पनि एकीकरण भएको थिएन एकवर्षदेखि। त्यो अभ्यासमा अगाडि बढ्दै बढेन।

दोस्रो कुरा, हाम्रो पार्टीको जुन लक्ष्य हो, विचारधारा हो–समाजवादी विचारधारा। हामी समाजवादी लोकतन्त्र या सामाजिक लोकतन्त्र, त्यो दिशातर्फ जाने हो। पुँजीवादको जस्तो बजार अर्थतन्त्रको पक्षमा हामी छैनौँ, न त साम्यवादीजस्तो एउटा सर्वहारा वर्गको नाममा निरङ्कुश एकदलीय तानाशाहीको पक्षमै छौँ। समानता स्वतन्त्रता र सामाजिक न्यायसहितको समाजवाद, जातीय, लैङ्गिक, वर्गीय विभेद र असमानतालाई अन्त्य गरेको समाजवादको बाटोतिर जाने घोषित नीति समाजवादी पार्टीको थियो र अहिले जसपाको पनि त्यही नै छ। 

 

प्रकाशित मिति: : 2021-07-04 22:31:00

प्रतिकृया दिनुहोस्