जसले गरे मेलम्ची बाढीमा चार पीडितको उद्धारमा समन्वय

देशसञ्चार

काठमाडौँ

बर्षा शाह

उनी मात्रै २० वर्षका थिए सहायक सेनानीका रुपमा नेपाली सेनामा प्रवेश गर्दा । अहिले सह–सेनानी रहेका साजन सिलवाल ३० वर्षका भए ।

अहिले सह–सेनानी सिलवाल विपदका बेला उद्धार तथा राहतका लागि खटिने जिम्मेवारीमा छन् सेनाभित्र । असारको पहिलो हप्ता मेलम्चीमा बाढीका कारण आएको विपदको अवस्थामा फसेकाहरुको उद्धार तथा राहतका लागि उनीसहितको टोली खटिएको थियो ।

उद्धार टोलीको नेतृत्वकर्ताका रुपमा पहिलोपटक मेलम्चीमा खटिएका हुन् उनी । आफूहरुको ध्यान त्यो बेला जतिसक्दो चाँडो सफल रुपमा उद्धारको काम कसरी गर्ने भन्नेमा रहेको सह–सेनानी सिलवालले बताए ।

उनी उद्धारका लागि तैनाथ हेलिकप्टर र तल फसेका मानिससम्म पुगेको टोलीबीच समन्वय गर्ने जिम्मेवारीमा थिए । यसरी समन्वयको कार्य गर्दा निकै ध्यान दिनुपर्ने उनी बताउँछन् ।

उनले भने, ‘हुन त हामीले उद्धार कार्य कसरी गर्ने भनेर विभिन्न तालिम पहिलादेखि नै लिइरहेका हुन्छौँ । तर मेलम्चीमा मेरो यो पहिलो कार्य थियो । हामीलाई खबर आएको ३० मिनेटमा मेलम्चीका लागि उडिसकेका थियौँ । हाम्रो एउटा टिम २४ घण्टा नै त्रिभूवन विमानस्थलमा बस्छ ।’ सो टिमलाई कम्पोज क्विक रियाक्सन टिम (सिक्यूआरटी) भनिन्छ । १२ जनाको टिम आउन सक्ने विपदका घटनामा उद्धारका लागि २४ घण्टा नै विमानस्थलमै बस्छ ।

प्रकाशित मिति: : 2021-07-04 19:40:00

प्रतिकृया दिनुहोस्