२६०० वर्षअघि नै बुद्धले खारेज गरेका थिए जात व्यवस्था

पहिलोपोष्ट

काठमाडौं
  • आर. मानन्धर-

जातको उत्तर

केही समयअघि एउटा टिभी कार्यक्रम चलेको थियो - जातको प्रश्न। नायक राजेश हमाल नै प्रस्तोता रहेको त्यो कार्यक्रम चाँडै नै बन्द गरियो। तर जातको उत्तर पाइएको छैन। अब दलित, गैरदलित सबै मिलेर जातको उत्तर खोज्नु आवश्यक छ।

जात के हो? जातको अर्थ के हो? धेरै जटिलता होला भन्ने लाग्नसक्छ। तर जातको अर्थ सरल छ, स्पष्ट छ। जात शब्दको सीधा अर्थ हो - जन्म।

भारत वर्षमा हजारौं वर्ष अघिदेखि दुइ प्रबल समानान्तर विचारधारा देखिन्छन्। एउटा, मानिस जन्मबाट निर्धारित हुन्छ। यस विचारधारालाई वैदिक वा ब्राम्हण परम्पराले जानिन्थ्यो।

अर्को समानान्तर विचार हो, मानिस आफ्नै कर्मले निर्धारित हुन्छ न कि जन्मले। त्यसैले बुद्धले बारम्बार एउटै कुरा दोहर्‍याउँथे :

न जच्चा वसलो होति न जच्चा होति ब्राम्हणो

कम्मुना वसलो होति कम्मुना होति ब्राम्हणो

अर्थात्, जन्मले कोही शूद्र हुँदैन, न जन्मले कोही ब्राम्हण। कर्मले नै मान्छे शूद्र हुन्छ, कर्मले नै ब्राम्हण।

यस विचारधारालाई श्रमण परम्पराले प्रतिनिधित्व गर्थ्यो। यहाँनेर रोचक कुरा के छ भने त्यसबेला कयौं ब्राम्हण, क्षेत्रीहरू नै श्रमण धर्ममा लागेका थिए। अनि उनीहरू नै जातीय समताका प्रवक्ता र संवाहक भएका थिए, समाजको रूपान्तरणमा लागेका थिए। उनीहरूले ठूला भनिने जातबाट आएका भए पनि भिक्षु संघमा प्रवेशपछि आफूभन्दा तल्ला मानिने जातबाट आएर भिक्षु भएकालाई पनि श्रद्धा र सत्कारपूर्वक नियमित ढोगेका थिए। किनभने भिक्षु संघमा नियम नै छ कि हरेक भिक्षु–भिक्षुणीले आफूभन्दा पहिला भिक्षुत्व ग्रहण गरेका जोसुकैलाई आदरपूर्वक वन्दना (एक किसिमको ढोग) गर्नुपर्छ। यो प्रेरणा केवल बौद्ध धर्मभित्र सीमित नभएर हिन्दू धर्मलाई समेत प्रभावित गरेको थियो। उदाहरणको लागि मध्यकालीन हिन्दू सन्त रैदास लेख्छन्,

प्रकाशित मिति: : 2021-07-04 17:09:00

प्रतिकृया दिनुहोस्