नेपाल भूमिमा पसिना बगाउने लाखौं नागरिक र यहाँ जन्मेर विदेश छिर्न बाध्य छन्। विदेशमा पसिना बगाएर वर्षको ९ खर्ब रेमिटेन्स पठाउने नागरिकको नेपाल साझा देश हो। तर, यहाँ उनीहरूप्रति पूर्ण भेदभाव छ।
यो भेदभाव सर्वहारा वर्ग र सामन्त तथा उद्योगपतिको रूपमा भइरहेको छैन, धनी र गरिबको बीचमा मात्र पनि भइरहेको छैन। वास्तविक भेद सरकारी नोकरी गर्ने वर्ग र नगर्ने वर्गको बीचमा भइरहेको छ र अति डरलाग्दो किसिमले भइरहेको छ।
यहाँ सरकारीमा समय बिताउनेलाई जागिर अवधिभर तलब, भत्ता, अनेक सुविधा दिइएको छ भने जागिरपछि पेन्सनको रूपमा अर्बौं रकमले पोसिएको छ। यो नै सामन्तवादको आधुनिक रूप हो।
जबसम्म यो क्रूर, अमानवीय र नितान्त अनैतिक पेन्सनप्रथालाई खारेज गरिँदैन देशको विकास हुने छैन। किनकि पेन्सन प्रथा सामन्तवादको विकसित रूप हो जुन ऐतिहासिक सामन्तवादभन्दा खराब छ।