विपद्का विशेषज्ञ- सेनानी पाइलट शंकर कट्‌वाल

देशसञ्चार

काठमाडौँ

बर्षा शाह

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कार्यालयमा पुग्दा प्रमुख सेनानी पाइलट शंकर कट्वाल तयारी अवस्थामा थिए। अहिले मनसुनको समय भएकाले कुनै पनि बेला विपद आउन सक्ने र खटिनुपर्ने भएकाले उनी तयारी अवस्थामा रहेका हुन्।

विपदका खबर आएको ३० मिनेटमा उनी आफ्नो टिमसहित सम्बन्धित क्षेत्रका लागि उडिसक्नुपर्ने हुन्छ।

नेपाली सेनाका पाइलट ४१ वर्षका प्रमुख सेनानी कट्‌वाल हेलिकप्टरको ककपिटमा बसेर विपदका बेला धेरै उद्धारका कामका लागि उडिसकेका छन्। विगत २० वर्षदेखि उनी नेपाली सेनामा छन् र यसखालका सेवामा खटिँदै आएका छन्। उनले सेनाबाटै पाइलटको कोर्स गरेका हुन्। अध्ययन सकेर सेनाको हेलिकप्टर उडाउन थालेको १५ वर्ष भइसक्यो। यो अवधिमा विपदका बेला गर्नु पर्ने उद्धार तथा राहतका लागि विभिन्न स्थानमा पुगेका छन् उनी। ६ वर्षअघिको भूकम्पदेखि कोशी नदीमा आएको बाढी, मेलम्ची तथा मनाङमा पनि उद्धारको काममा खटिएका छन्।

‘सुरु-सुरुमा खटिँदा त ओहो यो कस्तो विपद‍ हो भन्ने लाग्थ्यो। अब त १५ वर्ष भइसक्यो, यही यस्तै काममा खटिएको, अहिले आश्चर्य भन्दा पनि चाँडो उद्धार गर्न पाए भन्नेमा बढी ध्यान हुन्छ’ उनले भने, ‘तर विपदको खबर आउँदा दुःख भने लाग्छ नै।’

प्रकाशित मिति: : 2021-07-03 18:48:00

प्रतिकृया दिनुहोस्