अपराधको प्रकृतिमा कोभिड-१९ संक्रमण र लकडाउनको प्रभाव: संगठित तथा सामाजिक अपराधमा कमी, आत्महत्या र महिला हिंसा बढे

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : कोभिड-१९ महामारी र यसको नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन तथा निषेधाज्ञाका कारण अपराध संख्यामा उतारचढाव देखिएको छ। संगठित अपराधहरुमा भने कमी आएका छन्। त्यस्तै चोरीसम्बन्धी घटनाहरुमा पनि कमी आएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ।

यद्यपि सोही अवधिमा आत्महत्या तथा ज्यानसम्बन्धी अपराधमा भने कमी आएको देखिदैन। बरु महिला तथा बालबालिकासम्बन्धी हिंसाका घटनाहरु भने अघिल्ला वर्षहरुमा भन्दा बढेका छन्।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ३६ हजार २२१ अपराधसम्बन्धी मुद्दाहरु नेपाल प्रहरीमा दर्ता भएका छन्। यसरी दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सामाजिक अपराधसम्बन्धी मुद्दाहरु रहेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ। यो अवधिमा सात हजार ४४१ वटा सामाजिक अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। जुन कुल दर्ता भएका मुद्दाको २०.५ प्रतिशत हो।

प्रकाशित मिति: : 2021-07-03 15:20:00

प्रतिकृया दिनुहोस्