विपक्षी गठबन्धननिकट विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीकाे पुत्ला जलाएका छन्।
विभिन्न पाँच दलकाे गठबन्धननिकट विद्यार्थी संगठनले काठमाडौंको नेपाल कर्मस् क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्।
प्रधानमन्त्रीले संविधानविपरित प्रतिनिधि सभा विघटन गरेको र लगातार एकपछि अर्को असंवैधानिक कदम चालेकाे भन्दै विद्यार्थी संगठन आन्दोलित छन्।
यस अघि हिजाे (बिहीबार) पनि विद्यार्थी संगठनले आर आर क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला जलाएका थिए।