सेतोपाटी
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरको राजनीतिक धरातल सकिएला भन्ने चिन्ता आफूलाई रहेको बताएका छन्। यादवले ठाकुर पक्षले किर्ते र जालासाजी काम गरेको आरोप लगाए।
'जुन डकुमेन्ट बाहिर आएको छ। त्यसमा एउटा काटेर अर्को पेष्ट गरेको प्रष्ट देखिन्छ। हामीले महन्थजीलाई अधिकार दिएको छैन। त्यो किर्ते गरेको हो,' उनले भने,'ठाकुरजीले ८२ वर्षको उमेरमा किन किर्ते गरेको होला। उहाँको राजनीतिक धरातल यति खुस्किसक्यो?, नैतिकताको आधार यति तल पुगिसक्यो?'
'जुन डकुमेन्ट बाहिर आएको छ। त्यसमा एउटा काटेर अर्को पेष्ट गरेको प्रष्ट देखिन्छ। हामीले महन्थजीलाई अधिकार दिएको छैन। त्यो किर्ते गरेको हो,' उनले भने,'ठाकुरजीले ८२ वर्षको उमेरमा किन किर्ते गरेको होला। उहाँको राजनीतिक धरातल यति खुस्किसक्यो?, नैतिकताको आधार यति तल पुगिसक्यो?'
उनले ठाकुरलाई पार्टीले कुनै अधिकार नदिएको समेत दाबी गरे। जसपा विवाद उत्कर्षमा पुगेका बेला ठाकुरले आफूलाई जसपाको प्रथम अध्यक्षको हैसियतमा काम गर्न दिएको भन्ने डकुमेन्ट निर्वाचन आयोगमा बुझाएका थिए।
ठाकुर पक्षसँग कुनै विचार नभएको भन्दै उनले सहमतिकै आधारमा छुट्टिने कि भनेर सामान्य छलफलसमेत चलेको उनले बताए।
'हाम्रा केही साथीहरूले पार्टीमा विचार नमिलेपछि हिलो छ्यापाछ्याप गर्नभन्दा सहमतिमै छुट्टिने कि भनेर कुरा गर्नुभएको हो। हामी समाजवादी लोकतन्त्रसँग मान्छौं। उहाँहरूलाई समाजवाद के हो यसको लक्ष्य केहो भन्ने नै थाहा छैन,' उनले भने,'उहाँहरूले जस्तो मधेसी पहाडीमात्रै नारा लगाएर न मधेसी जनताको मुक्ति हुन्छ न त देशको हित हुन्छ, न राष्ट्र निर्माणको कार्य पूरा हुन्छ। यो कुरा बुझ्न उहाँहरूलाई धेरै समय लाग्छ।'
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया