विकास खर्चमा बढ्दो बेथिति

थाहा खबर

काठमाडौँ

 उद्धव सिलवाल  

 

दोस्रो चरणको कोभिड संक्रमणको कारण १६ वैशाखदेखि सुरु भएको निषेधाज्ञा अझै हट्न सकेको छैन। कोरोना परीक्षणको दायरा घटेको कारण संक्रमितको संख्या कम देखिए पनि कोरोनाको कारण सिर्जना भएको निराशा र त्रासले आम नागरिकको जीवनको बत्ती कति खेर निभ्छ भन्ने डर र त्रासको अवस्था अझै विद्यमान नै रहेको छ।

पहिलो चरणको कोरोना संक्रमणसँगै गत वर्षको चैत ११ बाट लकडाउन सुरु भएको थियो। अहिले दोस्रो चरणको निषेधाज्ञा केही खुकुलो हुँदै २१ असारसम्म पुर्‍याइएको छ। कोरोना कहरको यो अवधिमा सरकारले जम्मा साढे २ प्रतिशत नागरिकलाई मात्रै खोप लगाएको छ। खोप लगाउने यही रफ्तारलाई निरन्तरता दिने हो भने ३ करोड नेपालीमध्ये १८ वर्षमाथिको नागरिकलाई मात्रै खोप लगाउन एक दशकभन्दा बढी समय लाग्ने तथ्यांकले देखाएको छ। 

यस्तो अवस्थालाई निरन्तरता दिने हो भने आम नागरिकको जीवनसँगको खेलवाडबाट निम्तिने असन्तोषको छालले जुनसुकै समय अप्रिय घटना घटाउन सक्छ। कोभिडको समुद्रबाट तैरिएर आएका व्‍यक्तिलाई राज्य भने आफूले नै जीवनदान दिएको आत्मरतीमा रमाइरहेको जस्तो देखिएको छ।

प्रकाशित मिति: : 2021-06-30 14:51:00

प्रतिकृया दिनुहोस्