माधव नेपाललाई अर्को संकट : ओलीले जेठ २ अनुसार बैठक बोलाए बालुवाटार जाने कि गठबन्धनमै बस्ने?

पहिलोपोष्ट

काठमाडौँ

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको ४ महिना अलमलमा बित्यो। फागुन २३ गते अदालतले एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि नयाँ पार्टी बनाउनेकी एमालेमै संघर्ष गर्ने भन्नेमा नेपाल दोधारमा परे।

चैत ४ र ५ गते कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाए पनि नेपालले एमाले छोड्न सकेनन्। यसबीचमा नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल समूहका नेताहरुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक गरेको कारवाही भोगिरहेका छन्। नेपाल-खनालसहितका ११ जना नेता हाल पनि एमालेबाट निष्कासित छन्।

नयाँ पार्टी बनाउनका लागि भित्रभित्रै तयारी भइरहेको भएपनि हालसम्म आफू एमालेकै नेता भएको नेपालले सोमवारको पेशाकर्मीसँगको अन्तर्क्रियामा पनि बताएका थिए। ४ महिनादेखि लगातार अलमलमै रहेका नेपाल-खनाललाई ओलीले भने थप कमजोर बनाउने रणनीति अघि सारेका छन्। ओलीले जेठ २ अनुसार एमालेको केन्द्रीय कमिटीको बैठक बोलाएमा नेपाल समूहमा बिग्रह आउन सक्ने बालुवाटारको विश्लेषण छ।

प्रकाशित मिति: : 2021-06-29 19:26:00

प्रतिकृया दिनुहोस्