सहकारी चोर्ने २२ वर्षे युवकको रवाफ : बैंकमा डलर खाता, दिनको ९ हजार तिरेर तारे होटलमा बास !

लोकान्तर

काठमाडौँ

२०७७ साल माघ १५ गते बानेश्वरको बेबिलोन उपभोक्ता सहकारी संस्थाबाट ७ लाखभन्दा धेरै पैसा चोरी भयो । 

त्यसको ५ दिनपछि फेरि शंखमुलस्थित घर संसार उपभोक्ता सहकारी संस्थाबाट २ लाख २४ हजारभन्दा धेरै चोरी भयो । 

त्यसको २१ दिनपछि अर्थात् २०७७ फागुन १३ गते गौशाला मित्रपार्कमा रहेको पञ्चश्री बचत तथा ऋण सहकारीबाट १४ लाख ९८ हजार रुपैयाँ चोरी भयो । अर्को दिन फागुन १४ गते कोटेश्वरको सिसम स्वामी बचत तथा ऋण सहकारीबाट २ लाख रुपैयाँ चोरी भयो ।

कहिले २० दिनको अन्तरमा त कहिले २ दिनको अन्तरमा कुनै न कुनै सहकारीमा चोरी भइरहेका थिए ।

अन्तिमपटक यही जेठ १३ गते मैतीदेवीमा रहेको गौँथली बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख ५८ हजार र ९ तोला सुन चोरी भयो ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा उपत्यकाका ११ वटा सहकारीले आफ्नो सहकारीमा चोरी भएको भन्दै उजुरी दिए ।

प्रहरीमा उजुरी परेकोपर्‍यै, तर चोरलाई प्रहरीले पक्राउ गर्न सकेन । 

एक हिसाबले प्रहरीको टाउको दुखाइको विषय बन्यो, सहकारी चोर ।

प्रहरी उपत्यकामा पटके चोरहरूको सूची तयार पार्‍यो । त्यहीँबाटै खोज्न थाल्यो । 

त्यही क्रममा मैतिदेवीमा रहेको गौंथली बचत तथा ऋण सहकारीको सीसीटीभीमा पातलो शरीर भएका तथा मास्क लगाएका व्यक्तिको श्यामश्वेत भिडियो कैद भयो ।

प्रकाशित मिति: : 2021-06-29 13:05:00

प्रतिकृया दिनुहोस्