अमेरिकी प्रशान्त क्षेत्रमा अहिलेसम्मकै उच्च तामक्रम, जनजीवन अस्त–ब्यस्त 

Photo- NBT
Photo- NBT

अमेरिकी प्रशान्त क्षेत्रमा गर्मीले जनजीवन अस्त–ब्यस्त बनेकाे छ।

समाचार एजेन्सी एपीका अनुसार प्रशान्त उत्तरपश्चिम क्षेत्रलाई प्रभावित गर्ने तातो हावाको कारण तापक्रममा वृद्धि भएको हो।

यो क्षेत्रमा तापक्रम एक सय डिग्री फरेनहाइटभन्दा माथि गएको छ। जसलाई राष्ट्रिय मौसम सेवा विभागले असामान्य र खतरनाक बताएको छ।

अमेरिकामा सबैभन्दा बढि गर्मी हुने स्थानहरु पोर्ट्ल्याण्ड, ओरेगनमा आइतबार एक सय १२ डिग्री फरेनहाइट पुगेको छ। जबकी एकदिन अगाडि यी स्थानहरुमा एक सय ८ डिग्री फरेनहाइट तापक्रम रहेको विभागले जनाएकाे छ।

यी स्थानहरुमा सन् १९६५ र सन १९८४ मा तापक्रम एक सय ७ डिग्री फरेनहाइट पुगेको थियो। 

त्यस्तै, अर्को समाचार एजेन्सी आइ.एन.एसका अनुसार सियाटलमा पनि तापक्रम एक सय ५ डिग्री फरेनहाइट पुगेको छ। मौसम विज्ञहरुका अनुसार यी स्थानहरुमा तापक्रम अझै बढ्न सक्ने अनुमान छ।

सामान्यतया अमेरिका मा ९० डिग्री फरेनहाइटलाई उच्च गर्मी मानिन्छ। ओरेगनमा आज सम्मको सबैभन्दा बढि गर्मी एक सय डिग्री फरेनहाइट पुगेको छ। 
 

प्रकाशित मिति: : 2021-06-28 20:18:00

प्रतिकृया दिनुहोस्