प्रतिनिधि सभा विघटनविरद्ध पाँच विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्ने

प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन्। 

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी यनियन, अखिल छैटौँ लगायत पाँच विद्यार्थी संगठनका नेताहरुको आइतबार बसेको बैठकले संसद् विघटनविरुद्ध सामूहिक प्रदर्श गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताएका छन्।

'सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनका विरुद्ध तथा संसद पुनर्स्थापनाको माग गर्दै संयुक्त संघर्ष समिति गठन गरी २०७८ असार १६ गते देशका ७७ जिल्ला तथा १७ गते काठमाडौं उपत्यकामा प्रधानमन्त्रीको पुत्ला दहनसहित संयुक्त विद्यार्थी प्रदर्शन गर्ने निर्णय भएको छ।' पाँच विद्यार्थी संगठनले जारी गरिएकाे वक्तव्यमा उल्लेख छ। 

त्यस्तै,संगठनले शैक्षिक समस्याहरुबारे असार १५ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमक्ष र राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षसमक्ष ज्ञापनपत्रसहित संयुक्त डेलिगसन जाने निर्णय गरिएको छ।

संगठनले मन्त्री पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीबाट संविधान र कानुनलाई चुनौति दिने गरि गरिएको हर्कतको बिरोध गर्दै दलित आन्दोलनप्रति ऐक्यबद्धता जनाउने बताएका छन्।

महामारीको मौका छोपेर पेट्रोलियम पदार्थमा पटक-पटक गरिएको मुल्यबृद्धिको निन्दा गर्दै आकाशिएको महंगी, कालाबजारी नियन्त्रण तथा कोभिड बिरुद्धको खोप तथा स्वास्थ्य सामग्री खरिदमा भएको चरम भ्रष्ट्राचारप्रति राज्यले साँधेको मौनताको भर्त्सना गर्दै जनताप्रति जवाफदेही र उत्तरदायी भूमिका निर्वाह गर्न ओली सरकारको ध्यानाकृष्ट गर्ने निर्णय गरेकाे छ। 

प्रकाशित मिति: : 2021-06-28 15:08:00

प्रतिकृया दिनुहोस्