राष्ट्रपतिमा धृतराष्ट्र जस्तै पुत्र मोह देखिएको अधिवक्ताहरुको दलील, 'तिमी भन म पूरा गर्छु भनेजस्तो भयो'

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि निवेदकको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता शतिशकृष्ण खरेलले 'धारा ७६(५) को वस्तुपरक रूपमा आधार पाउने कुरा के हो?' भन्दै प्रश्न गरेका छन्। उनले त्यस धारामा कुनै विवाद नभएको भन्दै बहुमत समर्थन गर्ने व्यक्ति रहेको र बहुमत पुष्टि गर्ने आधार भएको बताएका हुन्।

खरेलले भने, 'संसदबाट कुनै प्रासेसमा जाँदा मेरो व्यक्तिले ह्विप उल्लंघन गरेकाले हटाई पाउ भन्ने हो। यहाँ न ह्विप जारि छ, न सूचना जारी छ, न सूचना जानकारी गराइएको छ। त्यसकारण देउवालाई गरेको समर्थन भ्यालिड छ।'

उनले पनि उपधारा ५ को व्यवस्था दलको नभइ सांदसदको व्यक्तिगत मत भएको बताए।

'नत्र बहुमतको साट्टा विश्वासको मत लिने आधार किन राखिन्थ्यो?' उनले प्रश्न गरे।

उनले उक्त धारामा दलीय मान्यताको कुरामा सांसदलाई छुट भएको बताउँदै  ह्विप उल्लंघन गर्दा भोट मान्यता पाउँदैन भन्ने संसारमा कहीँ नभएको बताए।

'गणना गर्न मिल्दैन भन्न मिल्दैन। भोलि हटाउँछु अहिले गणना हुँदैन, भनेर गरिएको तर्क गलत छ' उनले भने।

प्रकाशित मिति: : 2021-06-27 15:21:00

प्रतिकृया दिनुहोस्