गण्डकीमा मन्त्रिपरीषद् बाँडफाँडको विषय बाझिएको छ। ४ बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएर आइतबार पदस्थापन गर्ने भनिए पनि कुरा मिल्न सकेन।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा कुमार खड्कालाई सामाजिक विकास मन्त्रालय र मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएको छ। दीपक मनाङे र हरिशरण आचार्य भने विनाविभागीय मन्त्रीमै छन्।