दातृ निकायले एअरलिफ्ट गरेर ल्याइदिएका भेन्टिलेटर अस्पतालका स्टोरमा थन्किए

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १४ भेन्टिलेटर छन्। तर, सञ्चालनमा आठ मात्रै छन्।

महामारीका वेला केन्द्रबाट पठाइएका तीनमध्ये दुईवटा स्टोरमा थन्क्याएर राखिएको छ। जडान गर्ने जनशक्ति नहुँदा ती भेन्टिलेटर थन्किएका हुन्। अस्पताल आफैँले खरिद गरेका अन्य दुई पनि बिग्रिएकाले स्टोरमा थन्क्याइएको महाकाली अस्पतालका स्टोर प्रमुख तिलक जोशीले जानकारी दिए।

कोरोना महामारीका वेला सुविधासम्पन्न उपकरण थन्किएपछि बिरामीको उपचारमा समस्या भोग्नुपरेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले आइसियू सञ्चालनका लागि प्रदेश र संघीय सरकारसँग पटक–पटक माग गर्दासमेत जनशक्ति नदिएको बताए। ‘हामीले यो महामारी मध्यनजर गर्दै कोरोना संक्रमितको उपचारका लागि जनशक्ति माग गरिरहेका छौँ, तर कहीँकतैबाट पहल हुँदैन, ‘उनले भने, ‘हामी महामारीको उच्च जोखिममा छौँ।’

प्रकाशित मिति: : 2021-06-27 06:43:00

प्रतिकृया दिनुहोस्