'संसदीय व्यवस्थाले राष्ट्रको समस्या पार लगाउँदैन'

अश्विन दानी

गत जेठ २७ गते प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढल्यो।

त्यसपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल संविधानको धारा १६८ उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त भए।

कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा (राजमो) र स्वतन्त्र सांसद दीपक मनाङ्गेबीच गठबन्धन भएपछि कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्न सम्भव भयो।

चुनावदेखि लगातार सरकार गठन र सञ्‍चालनमा प्रतिपक्षमा रहेर गुरुङ सरकारलाई समर्थन गरिरहेको राजमोले साथ छोडेपछि गण्डकीमा गठबन्धनको वैकल्पिक सरकार गठनको बहस सुरु भयो।

निर्णायक राजमोकै साथका कारण हाल गण्डकीमा कांग्रेस नेतृत्वको सरकार छ। तर, नयाँ सरकार गठन भएको दुई हप्ता बितिसक्दा पनि हालसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।

दलहरूबीच मन्त्रालयको जिम्मेवारीका विषयमा किचलो चर्किरहेको छ। सहमति जुट्न सकेको छैन।

प्रकाशित मिति: : 2021-06-26 17:14:00

प्रतिकृया दिनुहोस्