यी हुन् संसारका सबैभन्दा ठूला लाइब्रेरी

Breaknlinks
Breaknlinks

मानिसको चाहना र रहर फरक फरक प्रकृतिका हुन्छन्। कसैलाई यात्रा गर्न मनपर्छ भने कसैलाई खेलाडी बन्न। कसैलाई व्यवसाय गर्ने रहर हुन्छ त कसैलाई पुस्तक पढ्ने सोख।

यहीबीच पुस्तकको किरो बन्नेहरुको लागि यहाँ केही ठूला लाइब्रेरीहरुको बारेमा उल्लेख गरिएको छ।

१. लाइब्रेरी अफ दी रसियन एकेडेमी अफ साइन्स

rbth.com

रसियामा रहेको 'रसियन लाइब्रेरी अफ दी रसियन एकेडेमी अफ साइन्स'लाई सन् १७१४ मा स्थापना गरिएको थियो।  यस लाइब्रेरीमा १६ लाखभन्दा बढी पुस्तकहरु छन्। यस लाइब्रेरी रसियन एकेडेमीका विद्यार्थी र कर्मचारीको लागि बनाइएकाे हो। यस लाइब्रेरीमा ३० हजारभन्दा बढी त बायोपिक रिर्पोट मात्रै छन्। 

२. नेशनल लाइब्रेरी अफ दी चाइना


bluesyemre.com

'नेशनल लाइब्रेरी अफ दी चाइना'लाई एसियाकै सबैभन्दा ठूलो लाइब्रेरी मानिन्छ। जसको ९ सेप्टेम्बर १९०९ मा स्थापना गरिएको थियो। सन् १९१२ मा यस लाइब्रेरीलाई परिमार्जन गरेर आधुनिक लाइब्रेरी बनाइएको थियो। यस लाइब्रेरीमा ८०  भाषामा चीनको इतिहास र साहित्यीक पुस्तकहरु ज्यादा पाइन्छ। यहाँ एक वर्षमा करिब सात लाख पर्यटकहरु आउछन्। यस लाइब्रेरीमा २२ लाखभन्दा बढी पुस्तकहरु रहेकाे पाइन्छ। 

३. रोयल डेनिस लाइब्ररी

pinterest.com

डेनमार्कमा रहेको 'रोयल डेनिस लाइब्ररी' समुन्द्रको छेउमा अवस्थित छ।  यस लाइब्रेरीमा पनि २५ लाखभन्दा बढी पुस्तकहरु छन्। यहा वर्षेनी नौ लाखभन्दा धेरै पर्यटकहरु आउछन्। यसका अन्य तीन सहायक लाइब्रेरी पनि छन्। यस लाइब्रेरीलाई सन् १६४८ मा स्थापना गरिएको भएता पनि सन् १७९३ बाट मात्र खुल्ला गरिएको थियो। 

४. नेशनल डाइट लाइब्रेरी


twitter.com/ndljp_en

जापानमा रहेको 'नेशनल डाइट लाइब्रेरी'लाई सन् १९४८ मा स्थापना गरिएको थियो। यस लाइब्रेरीमा ३५ लाख भन्दा बढी पुस्तहरु छन्। यसका २७ वटा सहायक लाइब्रेरी पनि छन्। यहाँ साहित्यीक र विज्ञानका पुस्तकहरु ज्यादा पाइन्छ। 

५. बिव्लथाइक लाइब्रेरी


bookstellyouwhy.com

फ्रान्समा रहेको 'बिव्लथाइक लाइब्रेरी'मा वर्षेनी हजारौं संख्यामा प्रतिवेदन र पुस्तहरु थपिन्छन्। यहाँ ४२ लाखभन्दा बढी पुस्तकहरु रहेको पाइन्छ। यस लाइब्रेरीमा 'रिडिङ स्पट'को लागि फराकिलो ठाउँसमेत बनाइएको छ। 

६. स्टेट लाइब्रेरी


timeout.com

रसियाको मस्कोमा रहेको 'स्टेट लाइब्रेरी'मा ४५ लाखभन्दा बढी पुस्तहरु रहेको पाइन्छ। यहाँ विभिन्न पुस्तक, पत्रिका र अडियोलाई सुन्दर तरिकाले सुरक्षित र संयोजन गरिएको छ। यहाँ डेढ लाखभन्दा बढी त 'म्यापहरु' मात्रै छन्। यहाँ दुई ४७ भाषाका पुस्तहरु पाइन्छन्। 

७. न्यू योर्क पब्लीक लाइब्रेरी


onelyplanet.com

अमेरिकामा रहेको 'न्यू योर्क पब्लीक लाइब्रेरी' १८९५ मा स्थापना भएको थियो। यहाँ वर्षेनी १० लाखभन्दा बढी पर्यटकहरु आउछन्। यो लाइब्रेरीको मुल्य दुई सय ५० अमेरिकी डलर बराबरको छ। सन् २००९ देखि यस लाइब्रेरीमा ६२ जनाले रोजगार पाइरहेका छन्। 'अनलाइन लाइब्रेरी'को सुरुवात पनि यही लाइब्रेरीले गरेको थियो। 

८. ब्रिटिस लाइब्रेरी


bl.uk

लण्डनमा रहेको 'ब्रिटिस लाइब्रेरी'मा ५६ लाखभन्दा बढी पुस्तकहरु छन्। दिनको पाँच वटा पुस्तक पढियो भने पनि यहाँका पुस्तक पढेर सकाउनलाई ८० हजार वर्ष लाग्नेछ। यस लाइब्रेरीमा तीन सय १२ भाषाका पुस्तकहरु पाइन्छन्। 

९. लाइब्रेरी अफ कंग्रेस


sttammanylibrary.org

अमेरिकामा रहेको 'लाइब्रेरी अफ कंग्रेस'लाई संसारकै सबैभन्दा ठूलो लाइब्रेरी मानिन्छ। यहाँ पाैने करोड पुस्तकहरुको कलेक्शन छ। यस लाइब्रेरीमा ४७० भाषाका पुस्तहरु पाइन्छन्।

प्रकाशित मिति: : 2022-10-31 08:09:00

प्रतिकृया दिनुहोस्